शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

खबरब्रेकिंग,काठमाडौं, फागुन २४। पाँचदलीय सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले गर्नुभएको नयाँ मन्त्रिमण्डल गठन र कार्य विभाजन गर्दा अपनाएको नीतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ। साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्दछु ।’

नेकपा एमालेको प्रतिगामी उन्मुख राजनीतिक दिशाका कारण उससँग कुनै पनि स्तरमा तालमेल नगर्ने नीति अपनाएको आफ्नो पार्टीले एमालेसहितको सरकारलाई समर्थन नदिने निर्णय गरेको अध्यक्ष केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend