फाइल तस्वीर
खबरब्रेकिंग,काठमाडौं, फागुन २४। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँबानेश्वरमा बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०) पेस गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend