खबरब्रेकिंग,काठमाडौं, फागुन २३। उपप्रधानमन्त्रीहरूसहित नवनियुक्त १६ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । तीन मन्त्रीले यसअघि नै शपथ लिइसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई शपथ ग्रहण गराए । उपप्रधानमन्त्रीसँगै महासेठ भौतिक पूर्वाधार, श्रेष्ठ परराष्ट्र र लामिछाने गृहमन्त्रीमा नियुक्त भएका हुन्।
लगत्तै उनले अन्य मन्त्रीहरूलाई पनि शपथ गराएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका १६ जनालाई आज मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आइतबार उनले तीनजनालाई विनाविभागीय मन्त्री नियुक्त गरी शपथ दिलाएका थिए ।
यस्तो छ, २० सदस्यीय मन्त्रिपरिषद्
एमालेबाट
१) रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्योग
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था
माओवादीबाट
१) नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, ऊर्जा
४) रेखा शर्मा, सञ्चार
५) हितबहादुर तामाङ, पर्यटन
रास्वपाबाट
१) रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृह
२) डिपी अर्याल, श्रम
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा
एकीकृत समाजवादीबाट
१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२) धनबहादुर बुढा, सहरी विकास
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend