फाइल तस्बिर
खबरब्रेकिंग,काठमाडौं, फागुन २३। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल निवास कोटेश्वर पुगेका छन् । आज कांग्रेस सभापति देउवाले नेपाल संग भेट गर्न लागेका हुन् ।
देउवा केही बेरअघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेको स्रोतले जनाएको छ । नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन अनुरोध गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend