शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालुवाटारमा दिउँसो २ बजे कार्यदलको बैठक बस्दै

बालुवाटारमा दिउँसो २ बजे कार्यदलको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, फागुन २२। आज दिउँसो नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । नेताहरू मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन आन्तरिक छलफलमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदलको बैठक बोलाइएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ कार्यदलमा छन् ।

मन्त्रालयको भागबन्डाका विषयमा आजको बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा सपथग्रहण गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend