शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसले बोलायो देउवा निवासमा पदाधिकारीको आकस्मिक बैठक

कांग्रेसले बोलायो देउवा निवासमा पदाधिकारीको आकस्मिक बैठक

खबरब्रेकिंग,काठमाडौं, फागुन २१। सत्ता रुढदल भित्र खटपट चलिरहेका बेला नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ । बिहान १० बजेका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ ।

कांग्रेसका एक नेताका अनुसार गठबन्धन र सरकारका विषयमा छलफल हुने छ । कांग्रेस नेता बालुवाटारबाट निस्केपछि देउवाले सो बैठक आह्वान गरेको एक नेताले बताए । यस्तै बैठकमा सरकार हेरफेरका विषयमा पनि छलफल गरिने कांग्रेस नेताहरुले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend