शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष केपी ओलीले दिए सरकारमा जाने संकेत

एमाले अध्यक्ष केपी ओलीले दिए सरकारमा जाने संकेत

खबरब्रेकिंग,काठमाडौं, फागुन २०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन । आइतवार संसद् भवनमा एमाले सांसदहरुलाई प्रशिक्षण दिने क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले एमाले जुनसुकै वेला पनि आवश्यकता परे सरकारमा जानसक्ने बताए ।

शक्ति पृथकीकरणको सिद्धान्त सरकारले बुझ्न नसकेको टिप्पणी पनि उनले गरे। अध्यक्ष ओलीले अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणीसमेत गरे।

उनले देशको अर्थतन्त्रसम्बन्धमा सरोकारवाला पक्ष कसैसँग परामर्शसमेत नगरेको आरोप अर्थमन्त्री डा प्रकाशशरण महतमाथि लगाए। अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend