शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर

माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर

खबरब्रेकिंग,काठमाडौं, फागुन १६। नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

यसरी नयाँ जिम्मेवारी पाउनेहरु कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेश प्रदेशमा लीलामणि पोखरेल, बागमती प्रदेशमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल रहेका छन् । बैठकले मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend