शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश

जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश

खबरब्रेकिंग,काठमाडौं, फागुन १५। नेकपा एमालेमा नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उप महासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एक कार्यक्रम मार्फत पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घरफर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन् ।

नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डेसहित जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटी अध्यक्षसहित सम्पूर्ण कमिटी नै एमालेमा फर्किएका छन् । त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्य द्वय शालिकराम भट्टराई र डा। गोपाल खनाल पाटी केन्द्रीय कार्यालय पुगी पाटी अध्यक्ष के पि। शर्मा ओलीको हातबाट टिका ग्रहणगरी एमाले प्रवेश गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वीसुव्वा गुरुङले विगतमा बाटो बिराएर गई अहिले आफ्नै घर फर्की आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किएकाहरुलाई पाटीले उचित जिम्मेवारी प्रदान गर्ने बताएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend