शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जसपाको सर्कुलर

जसपाको सर्कुलर

  • शुक्रबार, ११ फाल्गुन २०८०

खबरब्रेकिंग, काठमाडौँ, फागुन ११ । सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्कुलर गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र नवीकरण गराउन सर्कुलर गरिएको हो ।

फागुन २० गतेसम्म नवीकरण गराइ फागुन २५ गतेसम्म रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकोले उक्त समय सीमा निर्धारण गरिएको पार्टीले जनाएको छ ।

जसपाको सङ्गठित सदस्यता शुल्क वार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend