सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

खबरब्रेकिंग, काठमाडौँ, माघ २७ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी रहँदै ६ विकेट गुमाएर भेटाएको हो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

यो जितसंगै तीन खेलको शृङ्खला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो ।अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend