खबरब्रेकिंग, काठमाडौँ, माघ २५ । इस्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसैअवधिको तुलनामा ७२.५३ प्रतिशतले धेरै हो । गत वर्षको पुसमा कम्पनीले ७९ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रुपैयाँ कायम भएको छ ।
वित्तीय खर्च ३ करोड १ लाखबाट घटेर २ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च ३ करोड ३२ लाखबाट घटेर २ करोड ६७ लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च घट्दा नाफा बढेको हो ।
इस्टर्नको चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोष १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ७५ रुपैयाँ ९६ पैसा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend