खबरब्रेकिंग, काठमाडौँ, माघ २३ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनकी श्रीमती भुमिका सुब्बाले सामाजिक सन्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् । नेम्वाङलाई यही माघ १७ गते ‘ब्रेन स्ट्रोक’ भएको थियो । सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ । नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन ।
उनकी श्रीमती भुमिकाले सामाजिक सन्जाल फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ भन्ने कुरा यसै मार्फत जानकारी पनि गराउन चाहन्छु ।’
साथै डाक्टरको सल्लाह अनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्य बाहेकलाई भेटघाट नगराउनू भन्ने निर्देशन आएकाले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने उनले उल्लेख गरेकी छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend