खबरब्रेकिंग, काठमाडौँ, माघ २२ । जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनीत भएका छन् । गुप्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले जिल्ला इन्चार्जमा मनोनीत गरेका हुन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठुलो र शक्तिशाली पार्टीको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend