खबरब्रेकिंग, काठमाडौँ, माघ २१ । कान्तिपुरकर्मी वीरेन्द्र केसी र माधव अर्याल सहित १३ जना पत्रकार पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा एक कार्यक्रमका बीच १३ जना पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा रुपन्देहीका तेजेन्द्र केसी, बाँकेका अर्जुन ओली, लमहीका चुमा आचार्य, दाङका दशरथ घिमिरे, भैरहवाका रविन्द्रप्रसाद गुप्ता, रुकुमपूर्वका जयमान बुढा मगर, नेपालगञ्जका सिराजुद्दिन खान, प्युठानका मधुसुदन भण्डारी, बर्दियाका रामप्रसाद चौहान र कपिलवस्तुका भुसाल थापा रहेका छन् ।
अग्रज पत्रकार पुरस्कार भने दाङ लमहीका कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई १ लाख नगद र अन्य १२ जनालाई ५० हजार नगदसहित पुरस्कृत गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकारहरुलाई पुरस्कृत गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend