खबरब्रेकिंग, काठमाडौँ, माघ १९ । प्रहरीले आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार नियन्त्रित लागुऔषध बुप्रेनुर्फिन एक सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड एक सय ४५ एम्पुल र डाइजेपाम एक सय ४५ एम्पुलसहित प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले निजलाई आज पक्राउ गरेको हो।
बाप्र ०३–००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागुऔषधसहित पक्राउ गरी सो विषयमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend