खबरब्रेकिंग, काठमाडौँ, माघ १९ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २० दशमलव १७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ७३ लाख ६१ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।
सञ्चालनबाट यो ६ महिनामा ३ करोड १० लाख रूपैयाँभन्दा बढी नाफा गरेको कम्पनीले विद्युत विक्रीबाट ५ करोड ४६ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष ८१ लाख २३ हजार रूपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६५ लाख २३ हजार रूपैयाँ वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ७१ लाख ६२ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम ४ करोड ५९ लाख रूपैयाँभन्दा बढी कायम रहेको छ । दिर्घकालिन कर्जा १८ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको छ भने अल्पकालिन कर्जा १० करोड ९४ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १ रूपैयाँ २६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रूपैयाँ ८० पैसा रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend