खबरब्रेकिंग, काठमाडौँ, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बिहान भएको छलफलमा संसदको हिउँदे अधिवेशनबारे छलफल भइरहेको बुझिएको छ । संसदको हिउँदे अधिवेशन आगामी माघ २२ गते अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend