खबरब्रेकिंग, काठमाडौं, माघ १६ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।
बिहान ९ बजेतिर एक्कासि स्वास्थयमा समस्यादेखिपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो।उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend