खबरब्रेकिंग, काठमाडौं, माघ १६ । काठमाडौं महानगरपालिकाले आज शहीद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। शहीद सप्ताहको अन्तिम दिन महानगरपालिकाले प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम आयोजना गर्यो।
शहीद दिवसको अवसरमा मंगलबार बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। प्रभातफेरी लैनचौरमा रहेको शहीद स्मारकमा पुगेर सभामा परिणत भएको थियो।
सभामा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
महानगरले शहीद स्पताहको पहिलो दिन, माघ १० गते शहीद शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माल्यार्पण तथा स्मृति सभा गरेको थियो।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने गरिन्छ। आज देशभरका विभिन्न स्थानमा शहीदको स्मरणमा विभिन्न कार्यक्रमहरु गरेर शहीद दिवस मनाइँदै छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend