सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पशुपति शर्माको गीतले राष्ट्रको मर्म झल्काउछ

पशुपति शर्माको गीतले राष्ट्रको मर्म झल्काउछ

भक्त केसी,

खबरब्रेकिंग, काठमाडौं, माघ १५ । सहर देखि गाऊ सम्म, देशका सम्भ्रान्त परिवार र तल्लो कामदार वर्गका व्यक्तिहरू, ठूलो भीड, मदिरा, टोलीहरू बीचको प्रतिद्वन्द्वी, जुवाडे र खेलको तीव्रता र भ्रष्टहरुको प्रतिस्पर्धा खेलाडीहरू बीचको कारकहरूले एक खराब गतिविधिहरूको परिदृश्य बनाउँछन् जहाँ भीडहरू हिंसात्मक हुन गएको छ, र व्यवहारमा संलग्न हुन्छन्। फुटपाथे गुंडागर्दी को परिभाषा हो “धमाधम नेता बन्दै गुण्डाहरू, ” राजनीतिक कारणहरूले पनि गुण्डागर्दीमा भूमिका खेली रहेको छ नेपालमा , गुण्ड राज जस्तो छ , विशेष गरी यदि यस्तो खेलमा राजनीतिक लिडरको छत्र छायामा टोले गुन्डाहरु धर्म, जातीय र वर्ग जस्ता खेलमा अन्य गहिरो विभाजनले गुण्डागर्दीमा पनि भूमिका खेलिरहेछ । व्यवसायीसँग मिलेर मनपरी छुट गरे अनि उद्योगी संग मिलेर भ्रष्टाचार , मुद्दै ,मुद्दामा मुछिएका छन्। भ्रष्टाचार गर्ने बानी लागेपछि मान्छेले आफूभित्रको मनुष्यलाई नै मार्छ। ऊ आचारमा निर्जीव, विचारमा विचलित हुन्छ। उसको ध्येय केवल पैसा, देशमा भ्रष्टाचार, लुट ब्याप्त रहेको छ। रातो किताबमा उल्लेख गरेका योजनाहरूले विकास र समृद्धि नभई लुट र भ्रष्टाचार बढाउने भएका छन र शिक्षामा सर्वसुलभ पहुँच कायम गर्न सकेनन। भ्रष्टाचार र लुटेर जम्मा गरेको रकम मध्ये केही ब्यापारीको खातामा जम्मा हुने गरेको पाइन्छ। लुट मच्चाएका छन् । शान्तिसुरक्षाको नाममा भ्रष्टाचार मौलाएको छ। नेता भन्छन सरकारले आफ्नो काम गरेको छ, भ्रष्टाचार, कमिसन, लुट, मनपरी, आफन्त र आसेपासेको नियुक्ति गरिरहेका छन् , विपक्षी दलहरु आफ्नो नाफा र आम्दानीका लागि मिलेर काम गरिरहेका छन्। स-साना देखि ठुला बडाहरु भ्रष्टाचार मुद्दामा दोषी ठहर हुन्छन अनि कारबाही हुदैन। नेपाल को राजनीति गर्नेहरु र सरकारले अपराध भ्रष्टाचार गैरकानूनी गतिविधिलाई बचाउने नीति अबलम्बन गरेको छ। लुट र जालझेल अख्तियारले हेर्दैन। दिनहुँ बढ्ने महँगी, लुट र भ्रष्टाचार नदेख्ने कानूनको आडमा मनपरी गर्ने को बिगबिगी छ। नीतिगत भ्रष्टाचार गरेर चरम भ्रष्टाचार, लुट र मनपरी तन्त्र माैलाएकाे छ ।मनपरी रजाइँ, भ्रष्टाचार, जातीय, क्षेत्रीय र धार्मिक कलहलाई प्रसय छ। गायक पशुपति शर्माको ‘जता नि चोर’ बोलको गीत गीतबाट बढ्दो बेथिति, भ्रष्टाचार, कमीसनको चक्रलाई उदाङ्गो पारिएको छ ।

एउटा राजा फालेकै हो सबै कुरा भोगी
महाराजा बन्न खोजे बसिँदैन डोगी
नदेखाउ आसेपासे मै हुँ भन्ने पारा
अब जनता सोझा छैनन् बुझी सके पारा
अर्को गित को बोल : लुट्न सके लुट कान्छा नेपालमै हो छुट, पशुपति शर्माको गीतले राष्ट्रको मर्म झल्काउछ। लुटन सके लुट कान्छा ” चर्चित गायक पसुपती शर्मा को गित सरकार को दबाब ले हटाइयको थियो। सत्य बोल्नेको अगाडी पछाडी कोहि छैन राष्ट्र प्रेमी भनिने र गनिने नागरिकले पनि साथ दिएनन्। राष्ट्रवादी र राष्ट्रघाती सर्टिफिकेट, निसुल्क पाइन्छ नेपालमा, हामी कता जाँदैछौँ ? अभिनेत्री मनिषा कोइरालाले सबै राष्ट्रवादी नेपालीलाई एकताबद्ध हुन आह्वान गरेकी छन् । सपोर्टमा कति बोल्नु भयो खोइ ? नेपालका वुद्धिजिवीहरुको सहभागितामा रास्ट्रको लागि न भएर स्वार्थको लागि उन्मुख छ। यसबेला नेपाली स्वतन्त्र लेखकहरुले , YouTuber , र स-साना मिडिया हाउसले भने राष्ट्रवादी काम गरेको छ, नागरिक हित र सत्य तथ्य उजागर गरि रहेको पाइन्छ। राष्ट्रवादी नेपालीको काम कर्तब्य , विचार ले के भन्छ ,जुन राष्ट्र राजनीतिको लागि प्राकृतिक र आदर्श आधार हो, र त्यो राष्ट्र राजनीतिक शक्तिको एकमात्र सही स्रोत हो।देशभक्ति तब हुन्छ जब आफ्नै जनताको प्रेम पहिलो आउँछ। राष्ट्रवाद, जब आफ्नो बाहेक अरूलाई नियमन गर्छ। राष्ट्रवाद एक विचारधारा हो जसले राष्ट्र वा राष्ट्र-राज्यप्रति वफादारी, भक्ति, वा निष्ठालाई जोड दिन्छ र त्यस्ता दायित्वहरू अन्य व्यक्ति वा समूह हितहरू भन्दा बढि छन्।आफ्नो देशप्रतिको बलियो प्रेम र निष्ठा हो। यसले राष्ट्रको इतिहास, संस्कृति र उपलब्धिहरूमा गर्वको भावनासँग गहिरो सम्बन्ध समावेश गर्दछ।उदाहरणका लागि मेयर, बालेन शाह, हर्क साम्पाङ र गोपी हमाल छन्। कुनै राष्ट्रका सदस्यहरूले आफ्नो राष्ट्रिय पहिचानको ख्याल राख्दा उनीहरूले गर्ने मनोवृत्ति, र राष्ट्रका सदस्यहरूले आत्म-निर्णय प्राप्त गर्न (वा दिगो) विकास खोज्दा गर्ने कार्यहरू दिर्ग कालिन सोच बाट हुन्छ। राष्ट्रवाद भनेको देशभित्र ऐतिहासिक वा सांस्कृतिक रूपमा छुट्टै समूह भएको महसुस गर्ने व्यक्तिहरूको राजनीतिक स्वतन्त्रताको चाहना हो।आधुनिक राष्ट्रवाद दुई प्रवृत्तिहरूको संयोजनमा आधारित छ, जनतामा आधारित वैध सरकारको प्रबुद्ध विचार, र संस्कृतिको दर्शन। राष्ट्रवादले राष्ट्र कहाँ छ र यसमा को छ भनेर परिभाषित गर्न आवश्यक छ। यो निश्चित व्यक्तिहरू समावेश गरेर, र अरूलाई छोडेर गर्न सकिन्छ। राष्ट्रवादले राष्ट्रलाई समुदायको केन्द्रीय रूपको रूपमा पहिचान गर्छ र यसलाई सर्वोच्च वफादारीको बस्तुभन्दा माथि उठाउँछ। राष्ट्रिय स्वायत्तता, राष्ट्रिय पहिचान र राष्ट्रिय एकता राष्ट्र र यसको फस्टाउने यो आधारभूत चासो अघी बढाउँछ। “राष्ट्र निर्माणमा योगदान गर्नु सरकारको मात्र होइन, प्रत्येक नागरिकको कर्तव्य हो। तब हामी फेरि साँच्चै महान् राष्ट्र हुनेछौं।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend