शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्व कीर्तिमानी डा उपाध्यायलाई भारतीय गणतन्त्र दिवसको अवसरमा भारतमा एकै दिन तीन सम्मान

विश्व कीर्तिमानी डा उपाध्यायलाई भारतीय गणतन्त्र दिवसको अवसरमा भारतमा एकै दिन तीन सम्मान

खबरब्रेकिंग, काठमाडौं, माघ १३ ।विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायलाई एकै दिन भारतमा तीन सम्मान अर्पण गरिएको छ । उहाँलाई भारतीय गणतन्त्र दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

डा उपाध्यायलाई फरइभर स्टार बुक अफ वल्र्ड रेकर्ड, इण्डियन स्टार बुक अफ रेकर्ड र होप वल्र्ड रेकर्डले एकै दिन सम्मान गरिएको हो । डा उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । डा उपाध्यायले केही दिनअघि आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend