सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा किन बिकास हुन् सकेन ?

नेपालमा किन बिकास हुन् सकेन ?

भक्त केसी

खबरब्रेकिंग,काठमाडौँ, माघ ६ गते । नेपालमा किन बिकास हुन् सकेन ? रष्टाचार राजनीतिज्ञको व्यवसाय जस्तो देखिन्छ। राजनीतिज्ञहरुको , विपक्षी पार्टीको खोइरो खन्छन दलाल नेता , नेताहरु सधैँ लड्छन्। कार्यकर्ताहरु आफ्नो नेताले गलत गरेपनि कैले बिरोध गर्दैन किन भने इनिहरुले पनि खान्छन गल्ति गर्छन झोलेहरुलाई नागरिकले के भन्ने ? सच सुन्न चाहन्नन् अपराध छुपाउन चाहन्छन। छुट्टाको तारिफ गर्छन। यही कारणले आज नेपालको यो हालत बनेको छ। विपक्षी पार्टीमा बस्दा भने रास्ट्रीता देश भक्ति देखाउछन। नेपालमा लगानीका अवसर र वित्तिय उपलब्धता भए पनि सार्वजनिक लगानी न्यून रहेको र देशले लगानी गर्न नसके को छ। नेपालमा हुने योजनाको र देशमा हुने कुनै पनि कुरासँग कुनै सम्बन्ध छैन। योजनाबद्ध लक्ष्यहरू पूरा हुन सकेको छैन। योजनाबद्ध खर्च हुन सकेको छैन ।नेपालले प्राविधिक जनशक्ति उत्पादन गर्छ तर आर्थिक अवसरको अभाव र कम ज्यालाले लाखौं कामदारलाई वैदेशिक रोजगारीमा जान बाध्य तुल्याएको छ । व्यवसायीहरूले अक्सर गुनासो गर्छन् कि व्यपारमा नोक्सान भयो। नेपालमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी छैन । पछिल्ला सरकारहरूले सुशासनमा जोड दिए पनि त्यसको अनुभूति हुन सकेको छैन संसारका धेरै देशहरूले तीव्र वृद्धि तर आम्दानीको रूपमा गरिबी न्यूनीकरणको अनुभव गरेका छन्। नेपाल विश्व व्यापार सङ्गठनमा प्रवेशका लागि वार्ता गर्ने पहिलो अल्पविकसित देश थियो।

नेपाल एउटा सानो देश हो, जुन धेरै जातजातिहरूको घर हो जसको आफ्नै विशिष्ट जीवन शैली र विशेष सम्पदा छ र यो विश्वभरका हिन्दू र बौद्धहरूका लागि पवित्र भूमि हो। नेपाल आफैंमा सानो संसार भन्नुको मुख्य कारण यहाँ ठूलो प्राकृतिक र सांस्कृतिक विविधता रहेको छ ।देशलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र विकासमा टेवा दिन बलियो संस्थाहरू आवश्यक हुन्छन्। नेपालले सुशासनमा सुधार, विधिको शासनको प्रवद्र्धन र प्रमुख सरकारी निकाय तथा अन्य संस्थाहरूको क्षमता अभिवृद्धि गरी बलियो संस्था निर्माण गर्न सक्छ ।नेपाल सरकारले वातावरण शिक्षामा जोड दिनुपर्छ र प्राकृतिक स्रोतको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसको विकासका लागि जनसहभागिता, समानता र स्वदेशी ज्ञानको उपयोग आवश्यक छ ।औद्योगिक क्षेत्रको विकासलाई प्रवर्द्धन गर्न विभिन्न कदम चल्नु पर्छ । औद्योगिक विकासलाई प्रोत्साहन गर्न कर्मचारीतन्त्र न्यूनीकरण, वैदेशिक लगानी प्रवद्र्धन र व्यवसायलाई करमा सहुलियत दिने नीतिहरू अबलम्ब गर्नु पर्छ। दिगो विकास हासिल गर्नका लागि आर्थिक वृद्धि, सामाजिक समावेशीकरण र वातावरण संरक्षणमा तीनवटा मुख्य तत्वहरू मिलाउन महत्त्वपूर्ण छ। यी तत्वहरू अन्तरसम्बन्धित छन् र सबै व्यक्ति र समाजको कल्याणको लागि महत्त्वपूर्ण छन्। स्वास्थ्य, न्याय र समृद्धिको आनन्द लिन सुनिश्चित गर्नका लागि इमानदार नेता भरपर्दो काम चाहिन्छ। अधिकांश नेपाली नागरिकले राजनीतिज्ञहरूलाई बेइमान ठान्छन् किनभने उनीहरूले आफ्नो सार्वजनिक कर्तव्य इमान्दारीपूर्वक पूरा गर्न सकेनन्। जाहा राजनीतिज्ञहरू छन् त्यहाँ भ्रष्टाचार छ।

सैद्धान्तिक रूपमा, राजनीतिज्ञहरूले इमानदारी र व्यावसायिकताका साथ आफ्नो सार्वजनिक कर्तव्यहरू पूरा गर्नुपर्छ। तर, राजनीतिज्ञहरूको इमानदारीता छैन। राजनीतिज्ञहरूको इमान्दारिता नागरिकको नजरमा प्राय कम देखिएको छ। यस परिवेशमा, रास्ट्र निर्माण कसरि हुन्छ। ? आफ्ना नेता र सरकारसँग इमानदारी र निष्ठाको माग गर्ने नागरिक निरास छन इमानदारी व्यक्तिगत गुण सामूहिक हुनु पर्ने हो। प्रतिनिधिमूलक लोकतन्त्रका कमजोरीहरूलाई न्यूनीकरण गर्न राजनीतिक नेतृत्व असफल भएको र गलत र अव्यावहारिक गतिविधिले गर्दा विश्वव्यापी खराब छबि बनेको छ। जनता आफ्ना नेताहरू इमानदार, नैतिक र विश्वासयोग्य भएको देख्न चाहन्छन्। एक नेता सबै कुरामा उत्कृष्ट हुन सक्दैन, तर तिनीहरू सक्षम हुनुपर्छ भन्ने हो। नेपाल अझै पनि नातावाद, स्वार्थ, दुरुपयोग, एकाधिकार र उपभोगबाट पीडित छ।नेपालले जातीय व्यवस्था, बालश्रम, अशिक्षा, लैङ्गिक असमानता, अन्धविश्वास, धार्मिक द्वन्द्व र अन्य धेरैजस्ता सामाजिक समस्याहरूको सामना गरिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend