खबरब्रेकिंग,काठमाडौँ, माघ ५ गते । दार्चुलाको खेट्टेबगरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन। आज बिहान ५ः३० बजे दार्चुलाको खलंगाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ गइरहेको सु.प.प्र ०२-००१ ख १०३१ नम्बर को यात्रुवाहक बस महाकाली न।पा ५ खेट्टेबगर स्थित डम्पिङ साइड नजिक दुर्घटना भएको हो।
घाइते भएका १५ जना मध्ये एक जनाको आवस्था गम्भीर रहेको र घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। बस सडक बाट अन्दाजी २० मिटर तल खसेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend