खबरब्रेकिंग,काठमाडौँ, माघ ४ गते । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । त्यस्तै दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।
बिहान साढे १० बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक÷ वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend