खबरब्रेकिंग,काठमाडौँ पुस २३ गते । प्रहरीले लागू औषधसहित बागलुङमा एक युवालाई पक्राउ गरेको छ। बागलुङको गलकोट नगरपालिका–५ घर भई बागलुङ नगरपालिका–२ टेलिकम चोकमा बस्दै आएका २२ वर्षीय गौतम बस्नेतलाई सोमबार दिउँसो लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बस्नेतले कोठाबाटै लागूऔषध ९डाईजेपाम०को कारोबार गरिरहेका भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ५४ एम्पुल लागूऔषध बरामद गरिएको जिप्रका बागलुङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मदन केसीले बताए।
डायजेपाम इन्जेक्सन आईपी १८ एम्पुल, बुप्रेनोर्फिन इंजेक्शन आईपी १८ एम्पुल र प्रोमेथालिन हाइड्रोक्लोराइड इंजेक्शन आईपी १८ एम्पुल लागूऔषध फेला पारिएको डीएसपी केसीले बताए। डीएसपी केसीका अनुसार पक्राउ परेका बस्नेतलाई सोमबार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend