सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वास्थ्य शिबिरबाट घरआँगनमै उपचार सेवा पाएपछि खुशी भए मेलम्चीबासी

स्वास्थ्य शिबिरबाट घरआँगनमै उपचार सेवा पाएपछि खुशी भए मेलम्चीबासी

खबरब्रेकिंग,काठमाडौँ पुस १५ गते । घरआँगनमै निस्शुल्क स्वास्थ्य जाच र औषधि वितरण हुने थाहा पाएपछि मेलम्ची नगरपालिका ३ की भावना खतिवडा शनिबार विहानै मेलम्ची नगरपालिका ११ स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको प्रांगणमा पुगेकी थिइन । आठ बजे त्यहाँ पुगेकी खतिवडाले साडे १० बजे स्वास्थ्य जाच गराएर औषधि समेत लिइसकेकी थिइन । खुट्टा दुख्ने समस्या भएपछि उनी उपचारका लागि त्यहाँ पुगेकी थिइन । निस्शुल्क उपचार सेवा लिएपछि भावना खुशी देखिन्थिन । त्यसै गरि हेलम्बूका मानबहादुर खड्का स्वास्थ्य जाच गराएर औषधि पाएपछि खुशी देखिन्थे । पेट दुख्ने समस्याका कारण उनी बिहानै देखि लाइनमा बसेको थिए । ‘तिन घण्टामा पालो आयो । डाक्टर सापले जाच गरेर औषधि दिनु भएको छ । निको होला भन्ने आशा छ । ’ उनले भने । भावना र मानबहादुर जस्तै १३ सय जनाले आफ्नै घरआँगनमै निस्शुल्क स्वास्थ्य जाँचसँगै औषधि पाएपछि सिन्धुपाल्चोकको मेलम्चीका स्थानियवासी खुशी देखिन्थे । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरले शनिबार मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको प्रांगणमा निस्शुल्क आयुर्वेदिक उपचार तथा औषधि वितरण सम्बन्धी वृहत स्वास्थ्य सिविरको आयोजना गरेको थियो । त्यसको ताजोपाजो मिलाएका थिए, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले । स्थानियवासीले घरआँगनमै उपचार सेवा प्राप्त गर्न सकून भनेर स्वास्थ्य सिविरको आयोजना गरिएको थियो । गम्भिर प्रकृतिका विरामीको उपचार किर्तिपुरस्थित तालिम केन्द्रमा गरिने समेत मन्त्री बस्नेतले बताएका थिए । तालिम केन्द्रका निर्देशक डा।रामआधार यादवले अधिकांश रोगको प्रमुख कारण पेटको खरावी हुने भएकाले पेट दुख्ने समस्या समाधानका लागि आयुर्बेद उपचार पद्वति उत्तम भएको बताए । आयुर्वेदिक उपचार पद्वतिको विस्तार र विकास गर्न सके अधिकांश रोगको उपचारमा मोटो रकम खर्च गर्नु नपर्नेमा उनले जोड दिए । स्वास्थ्य मन्त्री बस्नेतले स्थानियवासीलाई घरआँगनमै उपचार सेवा प्राप्त होस भनेर आफ्ले मेलम्ची नगर अस्पताललाई २५ शैयाको बनाउने र त्यहाँ डाइलासिस सेवा समेत उपलब्ध गराउन पहल गरिरहेको बताए । उनले चिकित्सा शिक्षा ऐन संसोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षाको कोटा बढाइने दावी गरे । स्वास्थ्य सिविरमा स्त्री रोग, मधुमेह, पायल्स, पेट खुख्ने, खुट्टा खुख्ने लगायतका रोगको जाँच र निस्शुल्क औषधि वितरण गरिएको थियो । उपचार सेवा लिन स्थानियवासी विहानै देखि लाइनमा बसेका थिए । उपचार सेवा प्रादन गर्न तालिम केन्द्रले आवश्यकता अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाएको थियो । स्वास्थ्य सिविर सञ्चालन गर्न स्थानिय मेलम्ची नगरपालिका र इन्द्रेश्वरी माध्यमिक विद्यालयले सहयोग गरेका थिए । मेलम्ची नगरपालिकाका मेयरदेखि बाग्मती प्रदेशका सभासद्ले समेत स्वास्थ्य सिविरमा विरामीको उपचारमा सहजिकरण गरेका थिए । सिविरमा मेलम्ची ,हेलम्बु, इन्द्रावती र पाचपोखरी क्षेत्रका स्थानियबासीले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । घरआँगनमै सहज रुपमा स्वास्थ्य जाँच र निस्शुल्क औषधि उपलब्ध गराउनका लागि विशेष पहल गरेकोमा स्वास्थ्य मन्त्री बस्नेतलाई स्थानियवासीले धन्यवाद दिएका थिए । मेलम्ची ११ की हिरामायाले भनिन, ‘चुनाव जिते पछि नेताले मुख देखाउन आउदैनन् भन्ने सुन्छौ । तर हामीले जिताएका नेता मोहन बस्नेतले मन्त्री भएपछि पनि हाम्रो सुख दुखमा आइरहनु हुन्छ । भोट दिएर जिताएको ठिकै गरेछौ जस्तो लाग्छ । ’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend