शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसले दियो नेतृत्वलाई यस्तो दवाव, भयो कांग्रेसमै तरंग

कांग्रेसले दियो नेतृत्वलाई यस्तो दवाव, भयो कांग्रेसमै तरंग

खबरब्रेकिंग, काठमाडौं पुस १२ गते । नेपाली कांग्रेसको बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले बोलेका छन् । उनीहरुहरुले सरकारका विषयमा प्रधानमन्त्री प्रचण्डले गरेका नराम्रा कामको दोष कांग्रेसले बोकिरहेको बताए । राष्ट्रियसभा निर्वाचनमा नयाँ उम्मेदवार दिनुपर्नेमा उनीहरूको जोड थियो ।

नेताहरू पटक–पटक अवसर पाएका र चुनाव हारेकालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन खोजिएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको विरोध गरे । अवसर पाएका र चुनाव हारेकालाई उम्मेदवार नबनाउन उनीहरूले आग्रह गरे ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि २०४८ सालदेखि पटक–पटक अवसर पाएकाहरुसमेत उम्मेदवार बन्न आकांक्षी देखिएपछि कांग्रेसको बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरूले पार्टी सभापतिलाई दवाव दिएका हुन् ।

कांग्रेसले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको थियो । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार मन्त्रिपरिषदको बैठकका कारण पहिलो दिनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाहेक मन्त्रीहरुले आफ्नो कार्यसम्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्न नपाएको बताए ।

बैठकको पहिलो दिनमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । उनीहरूले राष्ट्रियसभा सदस्य निर्वाचनमा पटक–पटक पराजितलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिए । भ्रष्टाचारका हरेक कान्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वबाट हुनुपर्नेमा जोड दिएका थिए । पार्टी सरकारमा भएको अनुभूति समेत गर्न नपाएको अधिकांश सदस्यको गुनासो थियो ।

केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार सिफारिसलाई लिएर पनि चर्को आलोचना भएको छ । अघिल्लो वर्ष तीन तहमा भएको निर्वाचन हारेकाहरूको नाम सिफारिस भएको भन्दै केन्द्रीय सदस्यहरू आक्रोशित भएका छन् । सबै प्रदेश कमिटीहरूले अघिल्लो वर्षको प्रतिनिधिसभा निर्वाचन हारेकाहरूको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका छन् ।

केन्द्रीय सदस्यहरूले उमेदवार सिफारिस र छनोटको मापदण्ड के हो भन्दै प्रश्न उठाए । उनीहरूले हारेको मान्छेलाई सिफारिस गर्ने भए आफ्नो नाम किन सिफारिस हुने भन्दै प्रश्न गरे । केन्द्रीय सदस्यहरूले कसैले अवसर पाइरहने, कसैले अवसर नै नपाएर अन्याय भएको गुनासो गरे । नेपालबहसबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend