शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार असफल भएको छैनः प्रधानमन्त्री दाहाल

सरकार असफल भएको छैनः प्रधानमन्त्री दाहाल

खबरब्रेकिंग, काठमाडौं पुस १० गते । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताएका छन । मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गरेका हुन । उनले सरकार असफल भने नभएको बताए । उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उनले आगामी दिनमा आफु पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरि कार्यक्रममा नजाने बताए । उनले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए । प्रधानन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend