खबरब्रेकिंग, काठमाडौँ, पुस ७ गते । नवौं नेपाल फर्मा एक्स्पो भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ ९एपोन०को आयोजनामा नवौं फर्मा एक्स्पो २०२४ चितवन एक्स्पो सेन्टर, भरतपुरमा मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने भएको छ। एक्स्पो तीन दिन सञ्चालन हुनेछ।
धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ। एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिको अगुवाईलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने र जसमध्ये नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शन बढी हुने आयोजकले जनाएको छ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो नेपालका औषधि उद्योगलाई अगाडि बढाउनको लागि समर्पित रहेको आयोजकले दाबी गरेको छ।
ुएक्स्पो ज्ञान आदनप्रदान, सहकार्यसँगै यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने छु एक्स्पो संयोजक प्रभात रुंगटाले भने, ुसम्बन्धित सरोकारवाला, व्यावसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने समाग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिङ, औषधि उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीको एउटै स्थलमा गरिने प्रदर्शनीले नेपालको औषधि उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नेछ।ु
एक्स्पोमा एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा रहेका छन्। एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपपस्थिति रहने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend