शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओलीले गरे दमदार भाषण

एमाले अध्यक्ष ओलीले गरे दमदार भाषण

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर ३० गते । नेकपा एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता र अशान्ति बढेर गएको बताएका छन । झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै ओलीले यस्तो बताएका हुन । उनले फिदिममा दमदार भाषण गरेर सबैलाई हसाउँने गरेका थिए । एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उनले बताए । एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुने उनको दाबी छ । एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने उनले बताए ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको जिकिर गरे ।
ओलीले एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको भनाइ राखे । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend