शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज चार घण्टाका लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द

आज चार घण्टाका लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर ३० गते । आज चार घण्टाका लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लगिएकाले स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द गरिएको छ ।

यस्तै, ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्यूरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टिमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाटलगायतका क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend