शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

खबरब्रेकिंग, काठमाडौँ, मङ्सिर २४ गते ।अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुलनजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिवार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend