शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको महाकाली-मेची यात्रा सुरु

एमालेको महाकाली-मेची यात्रा सुरु

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १४ गते । नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रा बैतडीको झुलाघाटबाट सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली किनार झुलाघाटमा झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरे । पदयात्रामा सहभागी हुन एमालेका केन्द्रीय पदाधिकारीसहितका नेता हिजै बैतडी पुगेका थिए ।

बैतडी सदरमुकाममा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि झुलाघाट पुगेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको भीड छ ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो कार्यक्रम पूर्वको चिवाभञ्ज्याङसम्म १ हजार ८ सय ७९ किलोमिटरको हुने एमालेले जनाएको छ । पदयात्राका क्रममा बैतडीको गोठालापानीमा आज आमसभाको आयोजना गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend