सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रख्यात सरोदवादक सुदर्शन राजोपाध्यायकी छोरी सुभिया गायन प्रतिस्प्रर्धामा भइन दोस्रो

प्रख्यात सरोदवादक सुदर्शन राजोपाध्यायकी छोरी सुभिया गायन प्रतिस्प्रर्धामा भइन दोस्रो

खबरब्रेकिंग, काठमाडौं, मंसिर १० गते । राजोपाध्याय समाज भित्रका गायन प्रतिभाको खोजी अन्तर्गत गरिएको गायन प्रतियोगीतामा सक्षम शर्मा राजोपाध्याय विजयी भएका छन् । राजोपाध्याय समाजको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर एक्लै बसेकी किन मायालु’ गीत गाउँदै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

त्यसैगरी प्रतियोगीतामा सुभिया राजोपाध्याय दोश्रो भइन् भने सौरभ राजोपाध्यायले तेश्रो स्थान हासिल गरे । सुभियाले क्रमशः नेपालको ‘मेरो माया’ गाएकी थिइन् भने सौरभले १९७४ एडि ब्यान्डको ‘परेलीमा लुकाइराख न’ गाएका थिए ।

विजयी प्रतियोगीतीहरुलाई निर्णायक मण्डलका सदस्य कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रिन्सिपल, गायक धनबहादुर गोपालीले ट्रफि प्रदान गरे । नगद पुरस्कार भने पौष महिनामा आयोजना गरिने समाजको वार्षिक साधारण सभामा प्रदान गरिने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले जानकारी दिए ।

प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु. दश हजार, रु. सात हजार र रु. चार हजार नगद पुरस्कारको व्यवस्था गरिएको समाजले जनाएको छ । विजेताहरुको नाम निर्णायक मण्डलका सदस्य गोपालीले घोषणा गरेका थिए ।

सो क्रममा गायक गोपालीले विगतमा कला क्षेत्रलाई हेयको दृष्टिले हेर्ने गरिएकोमा अहिले यो क्षेत्र पनि सम्मानित बनेको भन्दै अभिभावकले आफ्ना सन्तानलाई कला क्षेत्रमा अग्रसर हुन प्रोत्साहन दिन आग्रह गरे ।

निर्णायक मण्डलमा गोपालीको साथमा संगीत संयोजक, क्लासिकल गितारिस्ट भुपेन्द्र बज्राचार्य र नेपालका पहिलो हवाइन गितारिस्ट ईश्वर जोशी रहेका थिए ।कार्यक्रममा गायक सुरजबीर बज्राचार्य, निर्णायक मण्डलका सदस्य साथै संगीत संयोजक र गायक भुपेन्द्र बज्राचार्यको पनि प्रस्तुति रहेको थियो ।

साथमा मुनिन्द्र ज्वालानन्द राजोपाध्याय र विनित ज्वालानन्द राजोपाध्यायले सारंगी र बाँसुरी वादन प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक साथै समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्यायले समाज भित्र लुकेर बसेका प्रतिभा उजागर गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतियोगीताको लागि अडिसन भने २०७६ फागुन १७ गते नै सम्पन्न भइसकेको थियो । कोरोना महामारी, डेंगुको प्रकोप लगायत विविध कारणले फाइनल प्रतिस्पर्धा ढिला हुन गएको कार्यक्रम संयोजक राजोपाध्यायले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend