सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाँच वर्षमा जनताले मागेको भन्दा धेरै काम गर्छुः स्वास्थ्य मन्त्री

पाँच वर्षमा जनताले मागेको भन्दा धेरै काम गर्छुः स्वास्थ्य मन्त्री

खबरब्रेकिंग,काठमाडौँ, मङ्सिर ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक पुगेर पाँच वर्षको कार्यकालमा जनाताले अपेक्षा गरेको भन्दा बढी काम गर्ने योजना सहित अघि बढेको बताएका छन् ।

पाँच वर्षमा जनताले मागेको भन्दा धेरै काम गर्छु, उनले भने, ढुक्क हुनुस् सबै क्षेत्रमा राम्रो गर्छौ, मेरो काम गर्नै शैली तौर तरिका देखेरै तपाईहरूले मलाई जिताउनु भएको हो, म तपाइहरुको मत खेर जान दिन्न ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका(२, महेन्द्र मा। विमा आज आयोजित न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा मन्त्री बस्नेतले आफू निवार्चित क्षेत्र सिन्धुपाल्चोकमा मात्र नभइ देशभर स्वास्थ्य, सडक, शिक्षा, सिँचाइलगायतका क्षेत्रमा समस्या रहेको बताउँदै समस्या समधानमा आफू लागि परेको बताए ।

उनले गरिबीका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने बताए । पैसा अभावले उपचार नपाएको भए वडाको सिफारिस लिएर लिएर आउन आग्रह गर्दै निस्शुल्क स्वास्थ्य उपचार गरिदिने बताए ।

मन्त्री बस्नेतले ठुला ठुला भाषणा गरेर हैन सल्लाह सुझाव दिएर काम गरेमात्र विकास सम्भव हुने धारणा समेत राखे । आफ्नो गाउँ ठाउँको विकास सबै मिलेर गर्न आग्रह गर्दै मन्त्री बस्नेतले भने,’खानेपानिको काम एउटा पार्टीले गरे सडक कालोपत्रे अर्कोले गरौँ, गुणस्तरिय शिक्षामा जोड दिउ, अर्काको काममा बाधक नबनि काम गरेर देखाउ र सबै मिलेर आफ्नो ठाउँलाई सुगम बनाउ ।’

उनले इन्द्रावती २ का जनातालाई त्यहाँ भएको स्वास्थ्य चौकी सुधार र भवन निर्माणका लागि तत्काल आवश्यक समाग्री र बजेट उपलब्ध गराउने बाचा समेत गरे ।

उनले फरक प्रसँगमा आफ्ना भनाई राख्दै पैसा अभावले शिक्षाबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भनेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ,त्रिपुरा सुन्दरी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले १२ कक्षा सम्मको शिक्षा निस्शुल्क गरिसकेको अवस्थामा अन्य गाउँपालिका र नगरपालिकाले पनि निस्शुल्क शिक्षा लागु गर्नु पर्नेमा जोड दिए । उनले १२ कक्षासम्मको शिक्षा निस्शुल्क हुनुपर्छ भनेर क्याविनेटमा कुरा राखेको समेत जानकारी गराए ।

कार्यक्रममा पूर्व गृह राज्यमन्त्री नेपाली कांग्रेसका नेता विष्णु विक्रम थापा पूर्व गाउँपालिका महासंघ महासचिव वंशलाल तामाङ इन्द्रवती गाउँपालिका अध्यक्ष झम्क नेपाल वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो भने लायन्स क्लब अफ काठमाडौँ बासुकिले चार सय सेट न्यानो कपडा विद्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रम साम्रगीहरू समाजसेवी मोहन बहादुर गिरी सहयोग सङ्‌कलन भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend