खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ८ गते । सशस्त्र प्रहरीले महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा क्षेत्रबाट आठ लाख बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका ३ का २८ बर्षीय रमेश कुमार साह र रामगोपालपुर नगरपालिकाका ३२ बर्षीय अनिल चौधरी छन् । उनीहरुबाट नेपाली रुपैया ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका दुबैजना , मोटरसाईकल र नगद रुपैया थप अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend