पोखरा, कार्तिक २४ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब यो ब्यबस्था सुधारिने कुनै सामान्य सङ्केत पनि नदेखिएकोले ब्यबस्था र अबस्था परिबर्तनको लागि जनआन्दोलको अपरिहार्य भएको बताएका छन ।आज पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । उनले बिगत १७ बर्षको अनुभबबाट संघीय गणतन्त्र असफल साबित भएको दाबी समेत गरे ।
सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबीको जड राजसंस्था, हिन्दराष्ट्र र एकात्मक शासन हो भनी निर्माण गरिएको गलत भाष्यले मुलुकलाई सड्ढटको भुमरिमा फसाएको उनको टिप्पणी थियो ।
थापाले बिदेशी दबाब र प्रभाबमा जनताको अभिमत बिना मुलुकको राष्ट्रिय धरोहरहरुलाई भत्काउने काम भएकोमा आपत्ती प्रकट गर्दै उनले षड्यन्त्र पुर्बक जबर्जस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुने समेत जिकिर गरे ।
राप्रपा नेपालले आन्दोलनको तयारी गरिरहेकोले सबै राष्ट्रबादी शक्तीहरु एक ठाउँमा बसेर मुलुकलाई बिकल्प दिनुपर्ने उनको धारणा थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की ,बिश्वराज पौडेल ,दान बहादुर गुरुङ , चिना दवाडी लगायतले बोलेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend