सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशको माया

देशको माया

  • शुक्रबार, २४ कार्तिक २०८०

भक्त के सी,

देशको मायाको महत्त्व, मानव समाजमा देशको माया वा देशप्रेमको ठुलो महत्त्व छ, तर , पैसा वा भौतिक सम्पत्ति प्रतिको मोह यति बढी छ की माया भन्ने शब्दको कुनै महत्त्व छैन। मानिसहरू प्रेम पैसामा किन्न पाइने बस्तु हो भनठान्ने पनि छन्। मातृभूमि प्रेम , आमाबाबुको माया, सन्तानको प्रेम , मित्रता संगति प्रेम र राष्ट्र प्रेम, मोर्डन नेपाल र नेपाली, प्यारासाइड जस्तै पैसा कमाउन को लागी लडाई , राजनीतिज्ञहरू, पक्षपातीहरू, र परजीवीहरू, केबल न्यूजमा मेरो एडभेन्चरहरू प्यारासाइड जस्तै पैसा कमाउनका लागि लडिरहेका ब्यपारी मिटर ब्यजे ,राजनीतिक नेता कार्यकर्ता टिप्पणीकार मानव परजीवीले नेपाल देशकै अपमान गरेको पाइन्छ। एक व्यक्ति वा चीज जसले कसैबाट वा अरू केहि लिन्छ र यसलाई कमाउन वा यसको योग्यको लागि केहि गर्दैन। उनीहरु एक परजीवी हुन् जो केवल पैसाको लागि उनीसँग बस्छन पैसाको लागि आमा बाऊ मार्नेकुचेष्टा गरेको देखिन्छ , पैत्रिक सम्पति खानलाई कैले मर्लान र खाऊला भन्ने देखिए, डेथ पछि सरकारले सबै सम्पत्ति लिनु पर्छ अनि मात्र गरि खाने बनि बस्ने छ। बृद अबस्थामा अफ्फ्नो के होला थाहाछैन सबैले एकदिन भोग्नु पर्छ , जस्तालाई तस्तै कुदरती खेल ले छोड्ने छैन ? सबैले भोग्नु पर्छ , बाल्यकाल , जवानी शारीरिक रुपमा देखिएको तन्दुरुस्ती र कामप्रति जोश र जाँगरले पनि दिमागलाई त्यस्तै संकेत गर्छ, कति ठाउमा व्यक्तिवादी सोच लोभी पापी , घात – प्रितिघात, लुच्याई , फटाई , गरेको पाइयो , आफ्नै जन्मदिने आमा प्रतिसमेत दुस्टता ? र वृद् बुढ्यौली को कोहि सम्मान कदर आदर सत्कार भन्ने नै हराएको देखिन्छ। आज गाउँको त्यही ढुङ्गोमाटो, भूगोल, दौतरी, बाल्यकाल, स्कुले जीवन र चाडपर्वहरुको बारेमा सम्झँदा साँच्चीकै एक सपना र कल्पना जस्तो लागेर आउछ ,बचपन जीवनको चरण हो जुन जन्मबाट बच्चाको आफ्नो परिपक्वतामा जान्छ। मेरो बुबा आमाको मायाको छहारीमा मेरो बाल्यकाल खुबी रमाइलो भएर बित्यो। मानिसको जीवनमा सबैभन्दा सुखको क्षण त्यसको बाल्यकाल नै रहेछ। हामी कसैलाई पनि बाल्यकालको धेरै सम्झना हुँदैन । त्यसमा पनि जीवनको पहिलो १२ बर्षसम्मको बारेमा, सबैको बाल्यकाल अविस्मरणीय हुन्छ अनि बाल्यकालका त्यी साथीहरू, स्कूल , शिक्षक , उप्देस र आफ्ना नाता गोता दशैको टिको थाप्न तछाड मछाड झनै धेरै अविस्मरणीय छ। कक्षाका अरू साथी पनि बाल चित्रकथाका पुस्तक पढ्न तँछाडमछाड गर्छन् । उनीहरू अरू दिन पनि कक्षाकार्य गरेपछि कुनामा राखिएका किताब हेर्ने र भबिस्यको बारेमा प्रारम्भिक बाल्यकाल शिक्षामा क्यारियर अवसरहरूको लागि सोच्ने , घर पारिवारिक अबस्था अनुसार आमाको योगदान, माया र हेरचाह महत्यो आफ्ना छोरा छोरी , नाति नातिना भएपछी झल्झली याद आउछ। व्यक्तिगत संघर्ष र सफलता लगनसिलता र अध्यनसिल कतिको छ, मा भर पर्छ।
प्रकृतिले हामीलाई सास फेर्न हावा, पिउनको लागि पानी, घर बनाउन माटो र बस्नको लागि जमिन उपलब्ध गराएको छ । यसले हामीलाई फलफूल, तरकारी र अन्न खान दिन्छ। प्रकृति भगवानले हामीलाई दिएको अमूल्य उपहार हो। तसर्थ, हामीले प्रकृतिको सन्तुलनमा गडबड नगरी आनन्द लिनुपर्छ।
पक्कै पनि म आफैभित्र मेरो देशलाई अझ सुख पाउँछु भन्ने सोच , ब्यबसायी भई विदेशमा दश बर्ष बसे ब्यस्त जीवन बित्यो , देशको , आमाको र मेरो अफ्नो परिवार को यादले सताउने गर्थ्यो देशको मायाको महत्व यता आएपछि झन् बुजिन्छ । देशको चिन्ता गर्न सिकायो , महत्त्व र मायाको ज्ञान सबैमा होला ? देशको मायालाई नै देशभक्ति, देशप्रेम वा राष्ट्प्रेम पनि भनिन्छ । आफ्नो देश र देशको माटाको महत्त्व बुझेका लाखौ नागरिक देश बाहिर छन् , नेपालका राजनीतिक ,संस्कृतिलाई विकृत बनाउने महत्त्वपूर्ण खेल खेल्ने राजनेताका कारण नेपाली नागरिक रोजगारीका लागि विदेश जान बाध्यछन्।
देशको माटोमा हुर्केको खाएको खेलेको मान्छेमा पनि कत्ति को अक्सिटोसिन हर्मोन कमी आएछ ? मान्छेमा विकर्षण बढ्नु, मन नपराउनु, मायाको भाव नआउनु, नजिक नहुनुमा हर्मोनको खेलहुन्छ। जबकि विज्ञानले यसलाई रसायनको अद्भूत चमत्कार भनेको छ । अध्यात्म, विज्ञान, मनोविज्ञान, समाजशास्त्रले प्रेमलाई भिन्न रुपमा परिभाषित गरेका छन् ।प्रेमको उत्पत्ति हृदयबाट हुन्छ भनिन्छ, तर विज्ञानले फरक तर्क गर्छ । शरीर विज्ञानले भन्छ, प्रेम र सम्बन्धको आफ्नो बेग्लै जैविक रसायन हुन्छ, जुन मस्तिष्कले नियन्त्रण गर्छ । यसको सोझो अर्थ के हो भने प्रेम मनको बशमा मात्र छैन ।मान्छेमा विकर्षण बढ्नु, मन नपराउनु, मायाको भाव नआउनु, नजिक नहुनुमा हर्मोनको खेल भएको बताउँछन्। स्वामी आनन्द विनोद चाहिं प्रेमलाई एउटा स्वभाव हो भन्छन् । ‘प्रेम भनेको निस्वार्थ भावले गरिने समर्पण हो,’ उनी भन्छन्, ‘यसमा कुनै लेनदेन हुँदैन ।’ उनी माया र प्रेमबीच पनि भेद रहेको अथ्र्याउँछन् । यसमा द्वेष, अहंकार पनि हुँदैन ।यद्यपि आज हामी जुन प्रेमको कुरा गरिरहेका छौं, अस्थाई लोभ , स्वार्थ ले भरिएको देखिन्छ , त्यो माया प्रेम अस्थायी आकर्षण र युवा बर्गमा वास्नासम्म सीमित छ । प्रेम खासमा त समर्पण हो, यसमा कुनै अपेक्षा हुँदैन ।
नेपाली नागरिकले प्रदेश बसेर देश चिनाउने काम गरेका छन , के यो राम्रो कार्य देशको माया नभएर हो ? यदि देशको माया र भक्ति नहुने हो भने पर्देशी किन यति धेरै देशकोबारेमा सोच्नेथिए ? मुटुभरि देशको माया हुँदाहुँदै पनि. छातीमा देशको तस्वीर सजाए पनि. आफ्नो मुटुलाई नै देश बनाए पनि म देशको सन्तान हुँ भनेपनि कुनिती भ्रस्ट र खराब राजनीतिले देश छोड्न बाध्य बनायो , बिद्यार्थी ,बौद्धिक, कौशल – अकुशल श्रमगर्न जानै पर्ने बाध्यात्मक परिस्थिति छ।
नेपालका राजनीतिज्ञहरूले नागरिकको ख्याल राख्दैनन् किन ? देशमा अराजनीतिवाद हाबी छ , त्यसकारण नागरिक आफ्नो सरकारलाई माया गर्नु को सट्टा गाली गलौच गर्छन , आफ्नो देशलाई माया गर्छन दुस्ट भ्रस्टलाइ गाली , नेपालका शासक वर्ग र राजनीतिक नेतृत्वले कमजोर, सीमान्तकृत, अल्पसंख्यकको आवाजलाई सम्मान गर्न र वित्तीय व्यवस्थापन, अन्तर्राष्ट्रिय पारदर्शिता, कुटनीति व्यावहारिक रूपमा असफल भएका छन् ,अहिले देशमा नेता छैन। उदाहरणका लागि, नागरिक प्रति उत्तरदायी छैनन्। आफ्ना शिक्षकहरूबाट तालिम पाएका धेरै नेपाली नेताहरू अहिले नैतिक र आध्यात्मिक पहिरनबाट वञ्चित छन् र त्यसैले उनीहरू भूराजनीतिक शक्तिसँग मात्र डराउँछन्, अहिले नेपालको सबैभन्दा राम्रो राजनीतिक नेता को हो भनेर पत्ता लगाउन गाह्रो छ। ठूला राजनीतिक दलका नेताहरुको राम्रो गणतन्त्रलाई कुरुप बनाउन तल्लिन छन्। यो नेपालको नेतृत्वले देशलाई कसरी सुधार गर्न सक्छ भन्ने विचार निबन्ध बन्छ। नेपाली नागरिकले विकल्प सोच्न थालिसके अब घर बाहिर निक्लेर परिवर्तनका लागि आवाज बुलन्द बनाउने उद्देश्यसहित तिथि मिति तोक्न थालिसके। भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाउँदै, सबै धर्म, १२४ भन्दा बडीका जातजाति , ब्रामण छेत्री ,दलित, जनजाति, मधेसी र मुस्लिम आदि सबै समुदायको आन्दोलन प्रति ध्यान आकर्षण भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend