काठमाडौँ, कार्तिक २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार काठमाडौँमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।
आज बसेको राप्रपाको बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको राप्रपाले जनाएको छ । राप्रपाले भूकम्पबाट घरबार गुमाएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ । उसले राहत वितरणमा एकरूपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend