शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्री दाहाल र वाङ छुङछेङबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र वाङ छुङछेङबीच भेटवार्ता

काठमाडौं, कात्तिक २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीच सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सचिव वाङ छुङछेङसहितको चिनियाँ प्रतिनिधि मण्डल पनि सहभागी थियो। वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend