रौतहट, कात्तिक १९ गते । विभिन्न दलका दर्जनौँ नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिवार देवाही बजारमा आयोजना गरिएको शुभकामना कार्यक्रममा देवाही गाविसका पूर्वअध्यक्ष तथा एकीकृत समाजवादीका देवाहि गोनाहि मेयर प्रत्याशी धर्मेन्द्र पटेल, वडा प्रत्याशी कप्तान पटेल, बौधिमाई नगरपालिकाका प्रभावशाली नेता वीरेन्द्र पटेल लगायत दर्जनौँ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका थिए। पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यादवले नवप्रवेशीलाई स्वागत गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend