फाईल तस्विर
काठमाडौँ, कात्तिक १९ गते । अहिले मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि बैठक बसेको हो ।
सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनर्स्थापनालाई प्रभावकारी तुल्याउने पहल थालेको छ। शुक्रबार प्रधानमन्त्री दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएको छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १ सय ५७ को ज्यान गएको छ। करिब २ सयको संख्यामा उपचारत छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend