शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्तो निर्णय

मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्तो निर्णय

  • शुक्रबार, १७ कार्तिक २०८०

फाइल तस्बिर

काठमाडौं, कात्तिक १७ गते । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको सो बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणसहित विभिन्न निर्णय गरेको छ ।

राष्ट्रपति पौडेल यही कात्तिक २२ देखि युरोप भ्रमणमा जाने भएका छन् । उनी फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जान लागेका हुन् ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले राष्ट्रपतिको युरोपको भ्रमणको कार्यक्रम स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल आगामी मङ्सिर १ गते स्वदेश फर्कनेछन् ।

मन्त्रिपरिषद्ले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खडका नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेटस् ९यूएई० मा आयोजना हुने ‘दुबई एयर शो, २०२३ को १८औँ संस्करण’मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई चीनको सङ्घाइमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिमण्डल ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’मा भाग लिन यही कात्तिक २० देखि २१ गतेसम्म चीनको छाइछिङ भ्रमणको स्वीकृति प्रदान गरेको छ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन पनि अनुमति दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend