शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आलोचना गर्ने ठाउँ नपाएपछि अहिले मेरो विरोध गरिरहेका छन्ः ओली

आलोचना गर्ने ठाउँ नपाएपछि अहिले मेरो विरोध गरिरहेका छन्ः ओली

  • शुक्रबार, १७ कार्तिक २०८०

फाइल तस्बिर

काठमाडौँ कात्तिक १७ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताएका छन् । बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि विरोध गरिरहेको बताए । उनले नेपालको भूमि समेटेर नक्सा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरूले आवेगमा कम्बोडियामा तीन हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend