काठमाडौं, कात्तिक १५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । एमालेले दिउँसो साढे २ बजेदेखि दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान कार्यक्रम गर्न लागेको हो ।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई निमन्त्रणा गरिएको जनाइएको छ । प्रमुख राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend