काठमाडौं, कात्तिक १३ गते । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बैठक पार्टी केद्रीय कार्यालय बालकुमारीमा दिउँसो साढे २ बजे बस्नेछ।
जसपाले मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल गर्न आज बैठक बोलाएको हो। जसपाकी समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त छ। सोही स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend