बिष्णु प्रसाद शर्मा,
नीति शास्त्रले मार्ग निर्देशन गरेको छ । जसले मार्ग निर्देशन र बुझेर राजनीतिक यात्रा शुरु गरेको हुन्छ, उसले जानेर बुझेर कदापि देश र जनताको हित बिपरित शासन प्रणालिको बिकास गदैन । शासन प्रणाली देशको मेरु दण्ड हो भने शासक माथिल्लो अंगका रुपमा रहेको पहिचान दिन सक्नु पर्दछ । अंगको पहिचान दिन सक्ने मात्र कुशल राजनेतामा गनिन्छन र क्षेत्रीयले त्यो माथिल्लो अंग के हो भनेर बुझेको हुन्छ । नेपालमा २०४६ साल पछि राजनीति नीति शास्त्रले देखाएको बाटोमा हिड्न सकेको छैन । जसले गर्दा देश र जनताको भविश्य अन्धकार बन्दै गएको छ । त्यो बेला देखि अहिले सम्म जनतामा कुनै आशा पलाउन सकेको छैन ।
दलीय राजनीतिमा नेता मोटाउने जनता सुक्ने अबस्था बनेको छ । यसरी देश कति दिन टिक्न सक्छ ? अब जनताले फैसला गर्नु पर्ने बेला आयो । अब ढिला गरेर हुदैन । नीति शास्त्रले मार्ग निर्देशन गरेको बाटोमा राजनीति फर्किनु पर्छ । अनि मात्र देश र जनताको भबिश्य उज्जवल हुने छ । राजनीति चाणक्य नीति शास्त्र यस्तो अस्त्र हो, त्यसको पालना गर्न सक्ने र बुझेर नीति भित्रवाट नियम निकाले र हुवहु पालना गर्दै शासन गर्न सक्ने क्षेत्रीय बिश्व बिजेता बन्न सक्दछ । त्यो क्षमता पृथ्वी नारायण शाह र महेन्द्र राजामा थियो । नेपालमा २०४६ साल पछि आफैले बनाएका शासन प्रणाली र कानूनलाई अक्षेत्रीयहरुले बारम्वार अल्लंघन गर्दै आएकाले नै नेपालको राजनीतिक क्षेत्र मात्रै होइन, सबै क्षेत्र बिग्रेको, तहस नहस र भत्केको छ । अध्ययन गर्न नसकेर अनपढहरु भारत छिरे ।
भारतले दिएको अर्ध ज्ञानको राजनीति बोकेर काठमाडौं छिरेका बुख्याचाहरु महा बुख्याचा बने । जसका घरमा डेरा लिएर बसे उसैका वा छिमेकीका छोरीहरु बिवाह गरेर भारतीय रवाफ त दिए तर खान र बाहिर निस्कन समेत सकस रहेकाले कसैले कागती, लप्सी र निवुवाको ब्यापार थाले भने कोही घर धनी कै छोरी र कुखुरा चोरेर रवाफ देखाउनैमा तल्लिन हुँदा शिक्षामा शून्य घर भाँडेर असहज बनाउँदै गएको देखेर छोरीका बावुहरुले भारतीयहरुको राजनीतिले देश डुवाउने छ भन्दा पनि भोली मेरो नेता भइहाल्यो भने हाम्रो पनि दिन फर्किने छ भनेर देखेको नदेखै गर्दा प्राय दलिय राजनीतिमा लागेका पहाडियाहरुका ससुराली घर काठमाडौं बन्न पुग्यो र बीरसता बोकेको गौरवमय इतिहास मेटियो ।
काठमार्डौमै घर वास भएका काठमाडौं महानगरका मेयेर बालेन र उनको यात्रा अध्ययन र नीति शास्त्रले देखाएको बाटो होकी भन्ने ठूलो आशाा छ । यस पछिको उनको यात्राक्रमले उनले हासिल गरेको शिक्षाको पनि कदर गरिन्छ । अघिल्लो समयमा उनले गर्दै आएका काम दलिय झुण्डले गरेको भन्दा सय गुणा बढी अनुकरणिय छ । देश र जनता भन्दा ठूलो सम्पत्ति अरु केही हुन सक्दैन । चाणक्य नीति अनुसार कार्य सम्पादन गर्न सक्ने शिक्षित नै नेता बनोस् । बिदेशीहरुले धोएको गधा गाई बन्न सक्दैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend