शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने महासचिव पोखरेलको दाबी

काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने महासचिव पोखरेलको दाबी

दाङ, कात्तिक ११ गते । । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन तस्करको इशारामा चलेको आरोप लगाएका छन । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन ।
उनले सरकार माफियाका पछाडि लाग्दा अर्थतन्त्र कमजोर भएको टिप्पणी समेत गरे । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन नसकेको महासचिव पोखरेलको भनाई छ ।

काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने उनले दाबी गरे । ‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् ।’ महासचिव पोखरेलले भने,’यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ ।’महासचिव पोखरेलले दलालले चलाएको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend