शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

फाइल तस्बिर।

काठमाडौँ,कात्तिक ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको पार्टीका एक नेताले जानकारी दिए ।

उनका अनुसार आगामी बैठकमा मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ ।

साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले बताए । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend